खुल्दैछन उज्यालोका ढोकाहरु, यसरी बन्दैछ समृद्ध दोलखा

5
217

श्याम प्रसाद खतिवडा
तिब्बती सिमाबाट बगेर आउने तामाकोशी नदीको सिरान, लामावगर गाउँ । यो नदीको सिरानमै निर्माण हुदैछ बहुचर्चित माथिल्लो तामाकोशी जलबिद्युत आयोजना । नेपाली लगानीको सबै भन्दा ठुलो (४ सय ५६ मेगावाट) यो आयोजनामा प्रत्यक्ष अप्रत्यक्ष रुपमा ५ हजार भन्दा बढी जनशक्ती काम गरिरहेका छन् । २०७५ असार भित्र बिजुली बाल्ने लक्ष्य राखिएको आयोजनाका कामले दोलखाको उत्तरमा बिकासको ढोकाहरु धमाधम खोलिदिएको छ ।
माथिल्लो तामाकोशी भन्दा केही माथी अर्को आयोजनाको तयारी हुदैछ । लप्चीखोलामा अर्को ठुलो बिद्युत आयोजना निर्माण शुरु हुने तयारीमा छ । लामावगर भन्दा केही तल नेपाल बिद्युत प्राधिकरणले तामाकोशी पाचौं बनाउने तयारी गर्दैछ । तामाकोशी नदीको किनारै किनार नागदह निस्किएपछि नदी तेर्सो परेर हलुका ओरालो ओर्लिन्छ । यही नेर हो ८ सय ८० मेगावाटको तामाकोशी तेस्रो जलबिद्युत आयोजनाको अध्ययन भएको । नर्वेजियन कम्पनी एसएन पावरले बिस्तृत अध्ययन सकेर प्रक्रिया अगाडी बढाएपनि पछि लगानीबाट हात झिक्यो ।
दोलखा स्थित तामाकोशी नदीमा रहेका ठुला आयोजनाहरुका चित्र हुन् यी । जलस्रोतमा धनी दोलखाको सबै भन्दा ठुलो स्रोत तामाकोशी नदी हो । तामाकोशी बाहेक उत्तर पुर्वी भागहरुका खारे खोला, खानी खोला घट्टे खोलामा आधा दर्जन बढी आयोजनाहरु धमाधम बन्दै छन् । ति बाहेक सिप्रिङ खोला, चर्णावती खोला र जिरी खोलामा केही साना आयोजना बनिसकेका छन भने केही बन्ने तयारीमा छ ।
जिल्ला विकास समिति दोलखाका अनुसार दोलखामा ४ ओटा जलबिद्युत आयोजनाहरु निर्माण भईसकेका छन भने एक दर्जन निर्माणको चरणमा छन् । जिल्लाको सबै भन्दा ठुलो स्रोत तामाकोशी नदी हो ।
तामाकोशी नदीमा स्वदेशी लगानीको सबै भन्दा ठुलो माथिल्लो तामाकोशी जलबिद्युत आयोजना बन्दैछ । ४ सय ५६ मेगावाटको यो आयोजनालाई बिज्ञहरुले नेपालको जलबिद्युत क्षेत्रको विकासमा एउटा कोशेढुङगाका रुपमा अर्थाउने गरेका छन् ।
अधिकारीहरुका अनुसार तामाकोशी सम्पन्न भए लगतै नेपालका जलबिद्युत आयोजनाहरुमा नेपाली लगानीकै सबै भन्दा उदाहरणिय कदम हुनेछ । ३५ अर्ब २९ करोडको लगानीमा बनिरहेको तामाकोशी ३० प्रतिशत शेयर र ७० प्रतिशत ऋण लगानीमा निर्माण हुन लागेको हो । यो सबै रकम नेपालीकै हो । शेयर र ऋण दुवै रकममा करिब करिब हरेक नेपालीको हिस्सा जोडिने अधिकारीहरुले बताएका छन् । कर्मचारी सञ्चय कोष जहा नेपालका निजामती कर्मचारीहरु, सेना, प्रहरी, सहित रकम सञ्चयकर्ताहरुको प्रत्यक्ष लगानी तामाकोशीमा हुनेछ । यस्तै देशभरका सर्वसाधारण, दोलखाबासी, नागरिक लगानी कोषका कर्मचारी, बिमा संस्थान, नेपाल टेलिकम, बिद्युत प्राधिकरणका कर्मचारीहरुको प्रत्यक्ष सेयर लगानी र ति संस्थाको ऋण लगानी रहने कारण यो आयोजनाले करिब करिब हरेक नेपालीलाई सेयरको हिस्सेदार बनाउने अधिकारीहरु बताउछन् । यस्तै नेपाल सरकारको समेत ११ अर्ब आयोजनामा लगानी छ । सरकारले यो रकमलाई अति विपन्न र शहिद परिवारलाई सेयरको रुपमा दिने घोषणा यस अघि प्रधानमन्त्री पुष्पकमल दाहालले गरिसकेका छन् ।
४ ओटा चरणमा काम भईरहेको आयोजनाको सिभिल निर्माण कार्य फागुन मसान्त सम्म ८७ प्रतिशत पुरा भईसकेको छ । पहिलो चरण (लड १) अन्र्तगत सिभिल हेडवक्सको बायाँ तर्फ ड्यामको काम भईरहेको छ । वाँयापटिको चट्टानको अध्ययनको काम समेत तिव्र रुपले अघि वढिरहेको आयोजनाका प्रवक्ता डा गणेश न्यौपानेले बताए ।
आयोजनाको ८.४ किलोमिटर सुरुङमार्ग मध्य अव ११ सय मिटर मात्र वाँकी छ । त्यसैगरी लड २ अन्र्तगत अपर भट्टिकल साफ्टको काम भएरहेको छ । त्यसैगरी पेन स्टक पाईपहरुको ढुवानीको काम समेत अघि वढिरहेको छ । प्रवक्ता न्यौपानेका अनुसार लामासाँघु जिरी सडकखण्ड अन्र्तगत खाडिचौर देखि चरिकोट सम्मको सडक स्तर उन्नति सहित चौडा कालोपत्रेको काम भइरहेको कारण आयोजनाको सामान ढुवानीमा समस्या परेको छ । हिउँदमा पनि वर्षा भइरहेको र विच विचमा वाटो अवरुद्ध भइरहेको कारण आयोजनाको सामाग्रि ढुवानीमा समस्या भएको हो । त्यसैगरी लड ३ अन्र्तगत इलेक्ट्रो मेकानिकल उपकरणहरु ट्रान्सफर्मर, स्टेटर जस्तो गह्रौँ सामानहरु ढुवानीको काम भइरहेको छ । लड ४ अन्र्तगत ट्रान्समिसन लाईनका १ सय २७ वटा टावरहरु मध्ये १ सय १५ वटाको जगको काम सम्पन्न भईसकेको छ । ८५ वटा टावर वनिसकेका छन् । र वनिसकेको टावरमा तार टाँघ्ने काम भइरहेको छ ।

आयोजनाका प्रवक्ता न्यौपानेका अनुसार अर्को कुनै नसोचेको घटना भएन भने २०७५ असार सम्म आयोजनाको पहिलो युनिटवाट परिक्षण उत्पादन हुनेछ । त्यसपछि देशमा उर्जा पनि बढ्नेछ । शेयर लगानीकर्ताहरुको लगानीवाट आम्दानी पनि सुरु हुन्छ । २०७२ का तिन शक्तिशाली भुकम्प नआएको भए दश महिना अघि नै आयोजनावाट विद्युत उत्पादन सुरु हुन्थ्यो । भुकम्पले आयोजना २ वर्ष पछि धकेलिएको छ । प्रवत्ता न्यौपाने भन्छन् पुरानै रफ्तारमा काम अघिवढिरहेको छ सम्भवतः तोकिएको समयमा विद्युत उत्पादन हुन्छ ।
विदेशी विनिमय दरमा भएको वृद्धि बजारमुल्य, भुकम्पले क्षति पु¥याँउदाको २ वर्ष ढिलाई लगायतका कारण आयोजनाको लागत करिव १० अर्ब बढ्ने अनुमान गरिएको छ । ३५ अर्व २९ करोड लागत अनुमान गरिएको आयोजना त्यसवेला डलरको भाउ करिव ८० रुपैयाँको प्रक्षेपण गरिएको थियो तर अहिले डलरको भाउ ११० पुगेको छ । आयोजनामा अहिले सम्म ३३ अर्व ३२ करोड खर्च भइसकेको छ ।
[highlight bgcolor=”#dd3333″]प्रत्येक नागरिक सेयरको हकदार[/highlight]माथिल्लो तामाकोशीको प्रबद्र्धक कम्पनी अपर तामाकोशी हाईड्रोपावर कम्पनीको प्रबन्ध पत्रले २०६४ माघ १५ गते अन्तिम रुप पाएको थियो । त्यही प्रबन्ध पत्र अनुसार स्थानियलाई १० प्रतिशत र १५ प्रतिशत सर्बसाधरणलाई सेयर लगानि गर्ने ब्यवस्था गरेको हो । त्यही तरिका अनुसार रसुवाको चिलिमे जल बिद्युत आयोजनाले रसुवाबासीलाई १० प्रतिशत सेयर बितरण गरिसकेको छ । तामाकाशी र चिलिमेले गरेको व्यवस्थालाई नजिर मानेर सरकारले ऐनमा नै संसोधन गरेपछि सवै जलविधुत आयोजनाहरुले सर्वसाधारण र आयोजना प्रभावितहरुका लागि शेयर निश्कासन गर्न सहज भएको छ । कतिपयले निस्कासन आव्हान समेत गरेका छन् । यसले २५ प्रतिशत लगानी सर्वसाधारणवाट संकलन गर्ने वाटो खुल्ला भएको छ । अर्कोतर्फ हरेक उद्योग प्रभावित क्षेत्र र सर्वसाधारणको स्वामित्व सुनिश्चित भएको छ । तामाकोशीको चर्चाले जलविद्युत कम्पनीले आव्हान गर्ने सार्वजनिक शेयर निस्कासनमा हिजोआज भिड नै देखिन्छ । आव्हान गरेको रकम भन्दा दश गुणा सम्म आवेदन पर्न थालेको छ । यसले के पुष्टि गर्छ भने अव सर्वसाधारणको आकर्षण जलविद्युतको शेयर तर्फ नै छ ।
तामाकोशीमा अर्को २५ मेगावाट थपिदै
माथिल्लो ताकोशी सँगै सोही कम्पनिले २५ मेगावाटको रोल्वालिङ डाईभर्सनको आयोजना निर्माण गर्ने भएको छ । साबिकको लामाबगर गाविसमै निर्माण हुन लागेको उक्त आयोजनाको अध्यन प्रकृया समेत अघि बढिसकेको प्रवक्ता न्यौपानेले बताएका छन् । तामाकोशी आयोजनाको बाँध भन्दा माथी रोल्वालिङ खोलाको पानी ल्याई उक्त आयोजना बनाउन लागिएको हो । अनुमानित २.५ अर्र्ब लगानीमा बन्न लागेको उक्त आयोजनाले २०७७ भित्र बिद्युत उत्पादन गर्ने लक्ष्य राखिएको छ ।
त्यसैगरी माथिल्लो तामाकोशी आयोजनामा प्रयोग भएको पानीलाई कोशीमा नफर्काई नेपाल बिद्युत प्राधिकरणले सुरी दोभानमा ८७ मेगावाटको तामाकोशी ५ निर्माण गर्दैछ । आयोजनाको विस्तृत प्रतिबेदन तयार गर्न परामर्शदाता जर्मनको लामियर इन्टरनेष्नल कम्पनीले काम थालनी गरिसकेको छ । खास गरी माथिल्लो तामाकोशी आयोजनाको काम सम्पन्न भएपछी तामाकोशी ५ को काम पुर्ण रुपमा अगाडी बढ्ने बताइएको छ । उक्त आयोजनाको अध्यन गर्न डेढ बर्ष समय लाग्ने छ । अध्यनको काम सकिएपछी झण्डै ४ बर्षमा तामाकोशी ५ ले ८७ मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य रहेको अधिकारीहरुले बताएका छन् ।
त्यसैगरी उत्पादन भइसकेका आयोजनाहरुमा गौरीशंकरकोे सिप्रिङ्ग खोला हाईड्रोपावरले २०७० को माघ महिनाबाट विधुत उत्पादन गरिरहेको छ ।
प्राधिकरणको १ सय ३२ केभि प्रशारण लाईन नबनेका कारण हाल तामाकोशी आयोजना र दोलखाबासीले मात्र सिप्रङको बिजुली प्रयोग गरिरहेका छन् । १ अर्ब ४५ करोडको लगानिमा बनेको यो आयोजनाले भुकम्पका कारण झण्डै डेढ बर्ष उत्पादन दिन सकेको थिएन । सञ्चालकहरुका अनुसार भुकम्पका कारण आयोजनामा थप लगानी बढेको थियो । हालको सुख्खा मौसममा सिप्रिङले २ दशमलब ५ मेगावाट मात्र विद्युत उत्पादन गरिरहेको छ । यसअघिनै निर्माण सम्पन्न भैसकेका आयोजनाहरु मध्ये हिमाल पावर लिमिटेडले उत्पादन गरेको ६० मेगावाटको खिम्ति हाईड्रोपावर १५ वर्ष देखि सञ्चालनमा छ । यो आयोजना नर्बेजियन दातृ निकायको सहयोगमा निर्माण भएको थियो । नेपाल बिद्युत प्राधिकरणका अनुसार अन्य आयोजना भन्दा खिम्ती महङ्गो आयोजना हो । त्यस्तै बोझिनी हाईड्रो कम्पनीले प्रबद्र्धन गरेको २ दशमलब ४ मेगावाटको जिरी सिक्री हाईड्रोपावर पनि २ वर्षदेखी उत्पादनमा छ । सो आयोजना प्राधिकरणको ३३ केभि प्रसारण लाइनमा जोडिइसकेको छ । त्यस्तै द्रोणाचल हाईड्रो कम्पनीले पनि ५ सय वाट क्षमताको जिरी खा्ला हाईड्रोपावर भर्खरै निर्माण सम्पन्न गरेको छ ।
त्यस्तै निर्माणाधिन अन्य आयोजनाहरुमा ग्रिन लाईफ ईनर्जीले मार्बु गाविसमा ४० मेगावाटको खानी खोला १, निर्माण गरिरहेको छ । सुरुमा २५ मेगावाट बिद्युत उत्पादन गर्ने अनुमति लिएको यो आयोजनाले थप १५ मेगावाट बनाउने गरी बिद्युत खरिद सम्झौताको प्रक्रियामा लागिरहेको आयोजना प्रमुख सुबास बरालले जानकारी दिए । उनका अनुसार आगामी मंिसर भित्र पहिलो चरणको २५ मेगावाट बिद्युत उत्पादन गर्ने लक्ष्य राखिएको छ । आयोजनाको सिभिल तर्फका ९० प्रतिशत काम सम्पन्न भैसकेका छन । पहिलो चरणको बिद्युत उत्पादन भएपछी १ वर्षभित्र अर्को १५ मेगावाट थपिनेछ । ३ अर्ब ५० करोड लागत अनुमान गरिएको आयोजनालाई भुकम्प र नाकाबन्दीले गरेका असरका कारण लागत बढेर ४ अर्ब ७ करोड पुगेको छ । भोर्लेबाट आयोजना आफैले २९ किलोमिटर सडक निर्माण गरी आयोजनास्थल सम्म पुग्ने प्रवेश मार्ग खुलाएको थियो । आयोजनाको पावर हाउस देखी ड्यामसम्म सामाग्री ढुवानी र कामदार आवत जावत गर्न रोपवे सेवा प्रयोग गरिएको छ । १३ सय मिटरको दुरीमा प्रयोग गरिएको रोपवे भुकम्पका कारण सबैभन्दा बढि क्षती भएको आयोजनाले जनाएको छ । आयोजना प्रमुख बरालका अनुसार जलबिद्युत आयोजनामा रोपवे प्रयोग गरिएको नेपालकै यो पहिलो हो । त्यस्तै गौरीशंकर गाँउपालिकाकै मार्बु र खारेमा २४ मेगावाटको खारे खोला जलबिद्युत आयोजना निर्माणको अन्तिम तयारीमा पुगेको छ । आयोजनाका सञ्चालक जिपछिरीङ लामाका अनुसार आयोजनाको विस्तृत प्रतिबेदन तयार भैसकेकाले अब तत्काल निर्माणको कार्य सुरु हुने छ ।
त्यस्तै युनिभर्सल पावर कम्पनीले साबिकको खारे गाविसमा ११ मेगावाटको तल्लो खारेखोला जलबिद्युत आयोजना निर्माण गरिरहेको छ । निर्माणकार्य अन्तर्गत हालसम्म ५ प्रतिशत काम भैसकेको आयोजनाले जनाएको छ । त्यस्तै सासा इन्जिनियरिङ कम्पनीले साबिकको मार्बु गाबिसमा ३० मेगावाटको खानिखोला हाईड्रोपावर निर्माण गरिरहेको छ । त्यस्तै मनकामना ईनर्जी प्रालिले मार्बुमा ५ मेगावाटको घट्टे खोला जल बिद्युत आयोजना निर्माण गरिरहेको छ । २०७५ असार मसान्त सम्म काम सम्पन्न गर्ने लक्ष्य लिएको यो आयोजनाको ३० प्रतिशत काम सम्पन्न भैसकेको आयोजना प्रमुख टेक प्रसाद चौलागाईले जानकारी दिए । त्यस्तै निर्माणाधिन अन्य आयोजनाहरुमा २५ मेगावाटको सिंगटी खोला जलबिद्युत आयोजनाले पनि २ बर्ष भित्र बिद्युत उत्पादन गरिसक्ने लक्ष्य राखेको छ । आयोजनाका निर्देशक काजी लामाका अनुसार हाल आयोजनाको २२ प्रतिसत काम सम्पन्न भैसकेको छ । तत्कालीन सरकारका उर्जा मन्त्री गोकर्ण बिष्टको पालामा देशभरका अन्य पाँच आयोजना सँगै यो आयोजनालाई छोटो समयमा बिद्युत उत्पादन गर्न सक्ने आयोजना भन्दै सुपर सिक्स को रुपमा नामाकरण गरेको थियो । ४ अर्ब ४० करोडको लागतमा निर्माण हुन लागेको आयोजना सुरुमा १६ मेगावाट मात्र उत्पादन गर्ने लक्ष्य राखिएपनि थप सम्भाब्यता अध्यन पछि २५ मेगावाट उत्पादन हुने भएको निर्देशक लामाले बताए । त्यस्तै हाल निर्माणाधिन अबस्थामा रहेका आयोजनाहरुमा जिरी नगरपालीकाको ठुलोपातलमा ४८ दशमलब ८ मेगावाटको खिम्ती २ , साबिकको श्यामा र रामेछापको चुचुरेमा निर्माण भैरहेको १२ मेगावाटको उपल्लो खिम्ती , ७ मेगावाटको माथिल्लो खिम्ती २ लगाएत छन् ।
यि बाहेक दोलखामा अन्य दर्जनौ आयोजनाहरु अध्यनको चरणमा छन् । कतिपयको अध्यन सम्पन्न भैसकेको छ भने कतिपय धमाधम अध्यन भैरहेका छन् । अध्यनको क्रममा रहेका आयोजनाहरुमा ८ सय ८० मेगावाटको तामाकोशी ३ पछी अर्को ठुलो जलाशययुक्त आयोजना ठोशे खिम्ती हो । ५ सय मेगावाट क्षमताको यो आयोजना दोलखाको श्यामा र रामेछापको ठोसेमा निर्माण हुनेछ । नेपाल बिद्युत प्राधिकरण आफैले अध्ययन गरिरहेको यो आयोजनाको विस्तृत प्रतिबेदन छिट्टै तयार भैसक्ने प्राधिकरणका अधिकारीहरुले बताएका छन् । यसरी अध्ययन भैरहेका अन्य आयोजनाहरुमा १ मेगावाटको गोपिखोला , एक एक मेगावाटको कोट खोला र घट्टे खोला , २ मेगावाटको ह्वाङ खोला , ४ दशमलब ३ मेगावाटको पेगु खोला , ४ दशमलब ७ मेगावाटको अपर सागु खोला , २ दशमलब १ मेगावाटको ओराङ खोला , ६२ मेगावाटको जुम खोला ,५ मेगावाटको साँघु खोला , १ मेगावाटको गुमु खोला , १८ मेगावाटको सागु खोला , २ मेगावाटको तिनखु खोला , ५ मेगावाटको झँयाकु खोला र ७ मेगावाटको अपर सुरी खोला छन् । अध्ययन भैसकेर निर्माणक्को तयारीमा रहेका आयोजनाहरुमा १ सय ६३ मेगावाटको लाप्चे खोला जलबिद्युत आयोजना , अध्ययन भइ बिद्युत खरिद सम्झौता समेत भैसकेको ५२ मेगावाटको माथिल्लो लाप्ची खोला र ७ मेगावाटको सुरी खोला रहेका छन् ।
[highlight bgcolor=”#dd3333″]मुख्य समस्या नै ट्रान्समिसन लाईन[/highlight]बिशेषगरी दोलखाको उत्तरी क्षेत्र अन्तर्गत तामाकोशी नदि बेशिन र खारेखोला करीडोरमा मा बनिरहेका जलबिद्युत आयोजनाहरुको एउटै मात्र समस्या ट्रान्समिसन लाईन हो । हतार हतार गरी आयोजना सम्पन्न गरेपनि सरकारलाई बिद्युत बिक्री गर्न आयोजनाहरुलाई अप्ठयारो भएको अधिकारीहरुले बताएका छन् । यसको मुल कारणनै ट्रान्समिसन लाईन हो ।नेपाल बिद्युत प्राधिकरणले २००९ मा टेण्डर आह्वान गरी सिंगटी देखी लामोसाँगु सम्मको ट्रान्समिसन लाईन १५ महिना भित्र सम्पन्न गर्ने गरी निर्माणको जिम्मा भारतिय कम्पनी यराबेली इण्डियालाई दिएको थियो तर उक्त कम्पनिले हालसम्म ट्रान्समिसन लाईन निर्माण गर्न सकेको छैन । सो कम्पनिले काम नगरेपछि केहि समय अघिमात्र येराबेली सँगकै समुन्वयमा खानिखोला एकले कन्सट्रक्सनको काम गरिरहेको आयोजना प्रमुख सुबास बरालले जानकारी दिएका छन् ।
२ सय मेगावाट क्षमताको यो ट्रान्समिसन लाईनमार्फत माथिल्लो तामाकोशी बाहेकका अन्य आयोजनाहरुको बिद्युत सिंगटी लामोसाँगु हुदै भक्तपुर सबस्टेसन पुग्ने छ । समयमा निर्माण सम्पन्न नहुँदा यसको सबैभन्दा बढि पिडा खानिखोला एक सहित खारेखोला करिडोरमा निर्माणाधिन ६ वटा आयोजना , सिप्रङखोला र २५ मेगावाटको सिंगटी खोला जलबिद्युत आयोजनालाई भएको छ ।
जानकारहरुका अनुसार दोलखामा आगामी ५ बर्ष भित्र ७ सय मेगावाट बिजुली बल्दैछ । ५ बर्ष भित्र दोलखाबाट उत्पादन हुने बिजुलीले लोडसेडिङ हुन नदिन साथै जलबिद्युतको विकासमा ठुलो सघाउ पुग्ने प्राधिकरणका अधिकारीहरुले जनाएका छन् । दोलखामा उत्पादित बिजुली निर्माण सम्पन्न भईसकेको खिम्ती ढल्केबर र खिम्ती भक्तपुर हुदै बाडेर राजधानी सहित देशभर वितरण गर्न सकिने प्राधिकरणले जनाएको छ । यस्तै १० बर्ष भित्र थप २ हजार मेगावाट बिजुली दोलखाबाट निर्माण हुन सक्ने लक्ष्य जलबिद्युत प्रवद्र्धकहरुले राखेका छन् ।
[highlight bgcolor=”#dd3333″]जलस्रोत पर्यटनको ‘हव’ बन्दै दोलखा[/highlight]
जलबिद्युतको केन्द्र बन्दै गरेको दोलखालाई आगामी केही बर्ष भित्र जलस्रोत पर्यटनको हव बनाउन सकिने छ ।
जलस्रोत पर्यटन क्षेत्रका जानकारहरुका अनुसार आयोजनाका निर्माण सकिए लगतै जलस्रोत क्षेत्र घुम्न आउने र अध्ययन गर्न आउनेहरुको केन्द्र दोलखा बन्न सक्छ । यसका लागी स्थानिय तहहरुले प्रक्रिया अगाडी बढाई तयारी थाल्नुपर्ने बताउछन भीमेश्वर नगरपालिकाका ईन्जिनियर सुरेश राउत । ‘हाम्रै नगरपालिकाको फेदमा तामाकोशी तेस्रो आयोजना बन्यो भने त्यसको बाँधको ताल निकै ठुलो हुन्छ’ उनले भने –‘त्यो बाँध बाधिएको तालमा बोटिङको मज्जा सहित पर्यटन क्षेत्रका बिबिध कार्यहरु सम्पन्न गर्न सकिनेछ ।
यस्तै लामावगर स्थित माथिल्लो तामाकोशी, खिम्ती स्थित ठोसे खिम्ती लगायत जलाशय युक्त ठुला आयोजनाहरुमा समेत बाँध बाधेर बनाईएका तालहरु पर्यटकका गन्तव्य बन्न सक्नेछन् ।
यि बाहेक दोलखामा बन्ने अरु आयोजनाहरु फरक भुगोल र फरक शैलीमा बनेका कारण जलश्रोत क्षेत्र पढ्ने बिद्यार्थी र सिभिल, ईलेक्ट्रीक हाईड्रो, मेकानिक्
स सहित बिभिन्न बिषयका ईन्जिनियरिङका बिद्यार्थीहरुका लागी अध्ययनको केन्द्र समेत बन्न सक्नेछ ।
‘जलबिद्युतहरुको भण्डारमा हरेक देशी र विदेशी नागरिकलाई स्वागत गर्न दोलखालीहरु आतुँर बनेर बसेका छन भन्ने दिन आउन धेरै कुर्न पर्दैन’ कांग्रेसका जिल्ला सभापति रुद्रबहादुर खड्काले भने । खड्काकै भाषामा जलश्रोत सहित प्राकृतिक स्रोत साधन, धार्मिक, सांस्कतिक पर्यटनमा निकै ठुलो सम्भावना बोकेको दोलखा जिल्लाले अबको केही बर्षमा जलश्रोत सहितका हरेक पर्यटनको गन्तव्यका रुपमा आफुलाई संसारभर चिनाउने दिन नजिनकिदै छ । त्यस्तै जलस्रोत पर्यटन बिस्तार भएसँगै नयाँ नयाँ उद्योेग धन्दाहरुको समेत विकास हुने बताउछन उद्योग वाणिज्य संघ दोलखाका पुर्व महाँसचिब समेत रहेका दोलखाका उद्योगी हेमराज रिमाल । उनका अनुसार दोलखा उद्योग क्षेत्रमा निकै उर्बर भुमि हो । ‘ जलश्रोत क्षेत्रको विकास सँगै बहु राष्ट्रिय कम्पनीको पनी दोलखा राम्रो सम्भाब्यता भएको जिल्ला हो ’ रिमालले भने सरकारले चाहेका खण्डमा खरिढुङ्गा म्याग्नेसाइट देखि अन्य धेरै सम्भावनाहरु दोलखामा छन् । जसलाई निजि क्षेत्रको साझेदारीमा सञ्चालन गर्न सके पर्यटन क्षेत्र थप मजबुत हुने छ ।

5 COMMENTS

  1. Merely to follow up on the update of this topic on your blog and would like to let you know just how much I loved the time you took to create this handy post.
    Inside the post, you really spoke on how to really handle this thing with all ease.
    It would be my personal pleasure to gather some more strategies from your web site and come
    up to offer other folks what I discovered from you.
    I appreciate your usual fantastic effort. http://ultrapexketo.net/

  2. Thanks a bunch for sharing this with all of us you really recognise
    what you are speaking about! Bookmarked. Please also consult
    with my website =). We will have a link trade contract between us!

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here