‘मिस्टर नेपाल’को मञ्चबाट ४ विजेता छानिने

0
84

अबदेखि ‘मिस्टर नेपाल’को मञ्चबाट एकसाथ चार प्रतियोगीत छानिने भएका छन् । आयोजक संस्था एक्सपोज नेपालले अन्तरराष्ट्रिय क्षेत्रमा प्रतिनिधित्व गर्ने गरेर ‘मिष्टर नेपाल’को साथमा अन्य ३ जना विजेता पनि छनोट गर्ने बताएको छ ।

‘मिस्टर नेपाल’ले ‘मिस्टर नेपाल वल्र्ड’मा सहभागीता जनाउनेछन् भने अन्यले क्रमश ‘मिस्टर युनिभर्सन एम्वेस्टर’, ‘म्यान अफ द इयर’ र ‘मिस्टर नेशनल युनिभर्स’मा सहभागीता जनाउने छन् ।

आयोजक संस्थाले यो प्रतिस्पर्धामा सहभागीताका लागि आवेदन खुलेको जानकारी दिएको छ । १८ बर्षदेखि २८ बर्ष ननाघेका युवाहरुले प्रतियोगीतामा सहभागीता जनाउन पाउने छन् । काठमाडौ, पोखरा, चितवन, बुटवल, इटहरी लगायतको शहरमा प्रतियोगीताको पहिलो चरणको अडिसन आयोजना हुनेछ । पहिलो चरणको अडिसनबाट मात्र छानिएका प्रतियोगीलाई फाइनल प्रतिस्पर्धामा सहभागी गराउने कार्यक्रममा बताइएको छ ।

‘मिष्टर नेपाल’का बिजेताले चलचित्र, म्युजिक भिडियो अभिनय अफरका ‘सुजुकी इन्टडर’ समेत प्राप्त गर्न सक्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here