राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान मणि शाह रहेनन्

0
24

काठमाडौं, नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान मणी शाहको ५१ बर्षको उमेरमा निधन भएको छ । पित्तथैली र कलेजोको समस्याबाट पीडित शाहको निधन सोमबार बेलुका ५ बजेर ४२ मिनेटमा भएको थियो । उनलाई आइतबार साँझ नर्भिक अस्पतालमा भर्ना गरिएको थियो ।

शाहले सन् १९८५ को दोस्रो दक्षिण एसियाली खेलकुदमा १७ बर्षकै उमेरमा राष्ट्रिय फुटबल टिममा डेब्यू गरेका थिए । सन् १९९३ ढाकामा भएको छैटौं दक्षिण एसियाली खेलकुदमा नेपालले जितेको एक मात्र स्वर्ण फुटबलबाट प्राप्त भएको थियो ।

उनले १० वर्षजती नेपाली फुटबलको नेतृत्व गरेका थिए । सन् १९९३ ढाकामा भएको छैटौं दक्षिण एसियाली खेलकुदमा नेपालले स्वर्ण जित्दा उनी टिमको महत्वपूर्ण सदस्य रहेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here