डा. केसीको समर्थनमा आन्दोलन : माइतीघर मण्डलामै विरामीको चेकअप

0
66

काठमाडौं, आमरण अनसनरत डा. गोविन्द केसीको समर्थनमा आवासीय चिकित्सकहरुले माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । साथै उनीहरुले सांकेतिक विरोध जनाउने क्रममा खुला चौरमा नै विरामी जाँचेका छन् ।

डा. केसी १४ दिनदेखि जुम्लामा अनसनरत छन् । उनको स्वास्थ्य कमजोर बन्दै गएपछि शिक्षण अस्पतालका आवासीय चिकित्सकहरुले माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् । एप्रोनमै बीपी सेट बोकेर प्रदर्शनमा उत्रिएका उनीहरुले विरामीको जाँच पनि गरेका छन् । सडकमा हिँडिरहेकाहरुले ब्लड प्रेसर चेक गर्नुका साथै सामान्य विरामी हेरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here