डा केसी र सरकारबीच ९ बुँदे सहमति

0
62

काठमाडौं,  २७ दिनदेखि अनशन डा. गोविन्द केसी र सरकारबीच ९ बुँदे सहमति भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भर्खरै सरकारी वार्ता टोली र डा केसीका प्रतिनिधिबीच सहमति भएको हो।

माथेमा आयोगको प्रतिवेदनमा जे उल्लेख छ, अधिकांश व्यवस्था त्यही अनुसार गर्नेगरी सहमति भएपछि सरकारी टोलीसहित वार्ता टोली आएर हस्ताक्षर गर्ने कार्यक्रम छ। सहमतिपत्रमा हस्ताक्षरका लागि सरकारी टोलीसहित वार्ता टोली शिक्षण अस्पताल आउँदैछ। शिक्षण अस्पतालमा डा. केसीले सहमतिपत्रमा हस्ताक्षर गरेर अनशन तोड्नेछन्।

यसअघि सिंहदरबारमा सरकारी टोली र डा केसीका प्रतिनिधिबीच ७ बुँदे सहमति भएको थियो। उक्त सहमतिको मस्यौदामा नयाँ मेडिकल कलेजको सम्बन्धबारे कुनै विषय उल्लेख नगरेको भन्दै डा केसीले असन्तुष्टि जनाएका थिए। नयाँ मेडिकल कलेजको सम्बन्धलाई ऐनमा कसरी उल्लेख भन्ने कुरा प्रष्ट रुपमा नआएको भन्दै उनले सच्याएर आउन आग्रह गरेका थिए। उनको आग्रह पछि सरकारसँग ९ बुँदे सहमति भएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here