सुनको मूल्य एक सय रुपैयाँले उकालो लग्यो

0
182

सोमबार छापावाल सुन प्रतितोला मूल्य ५६ हजार रुपैयाँमा कारोबार भएको थियो भने आज बढेर सुन प्रतितोला मूल्य ५६ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

आइतबार तेजावी सुन प्रतितोला मूल्य ५५ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो भने आज बढेर सुन प्रतितोला मूल्य ५५ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, चाँदीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । आइतबार चाँदी प्रतितोला मूल्य ७३५ रुपैयाँमा कारोबार भएको थियो भने आज पनि ७३५ रुपैयाँमै कायम रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here