प्रदेश सरकार ६ महिने कामबाट असन्तुष्ट

0
204

मकवानपुर,  प्रदेश नम्बर ३ सरकारले पहिलो छ महिनामा गरेको कामबाट असन्तुष्टि जनाएको छ। प्रदेशको पहिलो सरकारले गरेका कामको समीक्षा गर्न बसेको मन्त्रिपरिषद् बैठकले सन्तोषजनक मात्रै भएको निष्कर्ष निकालेको हो।

बैठकपछि पत्रकारसँग कुरा गर्दै मुख्यमन्त्री डोरमणि पौडेलले पूर्ण सन्तुष्ट हुने काम नभए पनि असन्तुष्ट हुने काम नभएको दाबी गरे। ‘पूर्ण सन्तुष्ट भन्न मिल्दैन तर पूर्ण असन्तुष्ट पनि भन्न मिल्दैन’, उनले भने, ‘गरिएका कामहरु सन्तोषजनक छ, कामको गति ठिकै छ।’
ने हो।’

प्रदेश सरकारको पहिलो र प्रमुख काम सबै ऐन, कानुनका लागि विधेयकहरु बनाउनुपर्ने भएकाले अन्यत्र ध्यान कम पुगको बताउँदै उनले अबको केही समयमा विकास निर्माणका कामहरु प्रदेश सरकारले शुरु गर्ने तर्क गरे। विगतको कार्यको समिक्षा र आगामी योजनाबारे बैठकमा छलफल समेत भएको उनले बताए। प्रदेशको लागि तय भएको कर्मचारी संगठन संरचना पुनर्मूल्याङ्कंन गर्न संघीय(केन्द्र) सरकारलाई पत्र लेख्नेबारे पनि छलफल भएको पनि बताईएको छ।

प्रदेश मन्त्रिपरिषद् बैठकमा आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्कट्टेल, सामाजिक विकास मन्त्री युवराज दुलाल, भौतिक पूर्वाधार विकास मन्त्री केशव स्थापित र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामा सहभागी थिए भने प्रदेश सरकारका प्रवक्ता एवम् आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुणप्रसाद नेपाल उपस्थित थिएनन्।

यसैबीच, प्रदेशको बुधबार बसेको मन्त्रिपरिषद् बैठकले ३ विधेयक स्वीकृत गरी प्रदेशसभा सचिवालयमा दर्ता गर्ने निर्णय गरेको छ। प्रादेशिक स्वास्थ्य तथा पोषणसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, संस्था दर्ता सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र विपद् व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक स्वीकृत गरेको मुख्यमन्त्री तथा मन्त्रीपरिषदका कानून सचिव इन्दिरा दाहाल भट्टराईले बताईन्। प्रदेश सभा सचिवालयमा ३ विधेयक दर्ता भई सकेका छन्। प्रदेश ३ का लागि १ सय ९९ वटा कानून आवश्यक भएकोमा हालसम्म १३ वटा मात्र कानून निर्माण भएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here