जब ट्रम्पले नेपाललाई ‘निप्पोन’ भने…

0
137

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपालको नाम उच्चरण गरेको विषयलार्इ अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुको समाचार शीर्षक बनेका छन् ।अमेरिकी राजनीति र अन्तरार्ष्ट्रिय नीति कभर गर्ने द पोलिटिकोले अमेरिकी राष्ट्रपति ट्रम्प विश्व मामिलामा कम जानकार रहेको भनेर प्रकाशित गरेको समाचारमा नेपाल र भुटानको नाम समेत गलत उच्चरण गरेको विषय परेको हो ।

पोलिटिकोले सन् २०१७ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अमेरिकाको राजकीय भ्रमणअघि दक्षिण एशियाको नक्साको अध्ययन गर्दै नेपाललाई ‘निप्पल’ र भुटानलाई ‘बटन’ उच्चरण गरेको दुई स्रोतहरुलाई उद्धृत गर्दै जनाइएको छ ।

दक्षिण एशियाको नक्सा हेरेर उनी छक्क परेको बताइएको छ । त्यस समयसम्म भारत र चीनको बीचमा नेपाल र भुटान छ भन्ने समेत थाहा नभएको उल्लेख छ ।

त्यसैगरी भारतीय प्रधानमन्त्री मोदीलाई पत्नी खोजिदिने प्रतिवद्धता समेत उनले जनाएका थिए ।

ह्वाइट हाउसमा आउँदा मोदीको साथमा पत्नी हुन्छ कि हुँदिनन् भनेर अधिकारीहरुसँग जिज्ञासा राखेका थिए । तर उनको सुरक्षा सल्लाहकारहरुले मोदीको पत्नीसँग दशकौं अघि देखि छुट्टिएर बसेको जानकारी गराएका थिए । त्यसपछि उनले जोक गर्दै भनेका थिए, ‘कसैसँग उनलाई मिलाइदिन सक्छु भन्ने लाग्छ ।’ मोदी १८ वर्षमा विवाह भएको केही समयपछि नै गाउँ छाडेर हिँडेका थिए । मोदीको पत्नि सेवानिवृत्त शिक्षका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here